logo

२०८३ असोज ७ बुधबार

शान्ति प्रक्रियामा भूमिकै नभएकाले न्यायालयलाई प्रभावित पार्न खोजेः देवेन्द्र पौडेल

शान्ति प्रक्रियामा भूमिकै नभएकाले न्यायालयलाई प्रभावित पार्न खोजेः देवेन्द्र पौडेल


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

    एक भिडियोमार्फत पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साक्षी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन् ।

    उनले २०७६ माघ १ गते अध्यक्ष प्रचण्डले बोलेको कुरा राजनीतिक भाषा भएकाले त्यसलाई अदालतले हेर्न नमिल्ने जिकिर गरे ।

    पौडेलले अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी–विदेशी शक्ति लागिपरिरहेको भन्दै यसको पूर्वमाओवादीहरु एक ढिक्का भएर प्रतिवाद गर्ने बताए ।

    उनले भने,’प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’भाषा हो, अदालतमा लैजानु गम्भीर त्रुटी हो । हामीले राजनीतिक, बैचारिक रुपले सशक्त प्रतिवाद गछौं ।’

    उनले विगतमा शान्ति प्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिहरुले न्यायालयलाई प्रभावित पार्ने काम भएको आरोप लगाए ।

    उनले भने, ‘शान्ति प्रक्रियामा भूमिकै नभएकाले न्यायालयलाई प्रभावित पार्न खोजेका छन् । बृहत शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरुलाई रुचेको छैन ।’

    संक्रमणकालिन न्यायका मुद्धा टुंग्याउने विषयमा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत चाँडै टुंग्याइने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend