logo

२०८३ असोज ७ बुधबार

अप्रिल २५ मा श्रीलङ्कामा स्थानीय परिषदको निर्वाचन हुने

अप्रिल २५ मा श्रीलङ्कामा स्थानीय परिषदको निर्वाचन हुने


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ ।

    अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन् ।

    क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रुपमा सरकारी घोषणा भएको जानकारी दिइएको छ ।

    प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए । तर, सरकारले अपुग रकमको कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो ।

    श्रीलङ्काले स्थानीय सरकार निकायहरूको लागि प्रत्येक चार वर्षमा एक पटक चुनाव गर्दछ, र स्थगित स्थानीय चुनावहरु २०२२ मा हुने तालिका रहेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend