logo

२०८३ साउन १३ बुधबार

सफाइपछि क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा

सफाइपछि क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा


हाम्रो राष्ट्र
  • बुधबार, २ जेष्ठ २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ । उच्चअदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएसँगै क्यानले उहाँविरुद्धको निलम्बन फुकुवा गरेको हो ।

    उच्चअदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले त्रिकेटर लामिछानेलाई आज सफाइ दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र रु पाँच लाखको जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको थियो । त्यससँगै क्यानले पनि लामिछानेलाई क्रिकेट गतिविधिबाट निलम्बन गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend