logo

२०८३ साउन १४ बिहिबार

प्रचण्डविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

प्रचण्डविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 936
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । द्वन्द्वकालमा भएका हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा उनीविरुद्ध रिट दायर भएको हो ।

    आज गोलाबाट न्यायाधीशको इजलास तोकिने छ र उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। आदेशपछि मात्र प्रधानमन्त्रीविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने छ । सर्वोच्चले सुरुमै रिट खारेज गरेमा भने यो विवादको अन्त्य हुनेछ ।

    यदि सर्वोच्चले कारण देखाऊ आदेशसहित लिखित जवाफ मागेमा भने मुद्दा अघि बढ्नेछ । उक्त आदेश भएमा प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस गर्नु पर्ने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend