logo

२०८३ साउन १४ बिहिबार

जजिराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

जजिराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 962
    SHARES

    भैरहवा । गत पुस महिनादेखि उडान स्थगित गरेको जजिरा एयरलाइन्सले बिहीबारदेखि पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ ।

    बाक्लो हुस्सुको कारण विमानस्थलबाट उडान तथा अवतरणमा समस्या भएको भन्दै जजिराले गत पुस ६ गतेदेखि उडान स्थगित गरेको थियो।

    मौसममा सुधार आउने वित्तिकै उडान सूचारु गर्ने जनाएको जजिराले बिहीबारदेखि उडान शुरु गरेको हो । यसअघि फेबु्रअरी २ तारिखदेखि उडान सुरु गर्ने आश्वासन दिएपनि उडान भएको थिएन ।

    बिहीबार विहान कुबेतबाट ६६ जना यात्रु लिएर आएको जजिराको विमानले ८ बजेर ५ मिनेटमा ९९ जना यात्रु लिएर उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

    जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई गत जेठ २ गते गरिएको उद्घाटनसंगै जजिराले हप्ताको तीन दिन नियमित उडान गर्दै आएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend