logo

२०८३ साउन १४ बिहिबार

रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

    यादव केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पार्टीबाट प्रतिनिधिसभामा संसदीय दलका नेता हुन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । त्यसका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend