logo

२०८३ साउन १५ शुक्रबार

जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैनः उपसभापति खड्का

जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैनः उपसभापति खड्का


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सत्तागठबन्धन पाँचवर्ष जाने बताएका छन् ।

    शुक्रबार ललितपुरको बोडेस्थित पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईका आश्रम पुगेका उपसभापति खड्काले पत्रकारहरुसँग कुरा गर्दै पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको भन्दै अब गठबन्धन बलियो बनाएर लैजाने बताए ।

    उनले भने,‘पुस १० गते एजेण्डाहरुमा सहमत भएका दलहरु पदको कारणले गठबन्धन भत्कियो । त्यसै दिनदेखि नै एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो र यो परिस्थिति बन्यो । अब गठबन्धन भत्किँदैन ।’

    उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभएको बताए ।

    उनले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे ।

    उनले भने, ‘कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला भन्ने कसैले नसोचे हुन्छ । पाँचवर्ष टसमस नभएर ५ अघि बढ्छौं ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend