logo

२०८३ असोज ७ बुधबार

तोलामा रु नौ सयले घट्यो सुनको मूल्य

तोलामा रु नौ सयले घट्यो सुनको मूल्य


हाम्रो राष्ट्र
  • मंगलबार, २६ असार २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार एक सय निर्धारण भएको छ ।

    यस्तै, सोमबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४३ हजार चार सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ८५ निर्धारण भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend