logo

२०८३ असोज ७ बुधबार

ट्याक्टरको ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु

ट्याक्टरको ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्याक्टरको ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

    करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।

    उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य शुरु गरेका थिए ।
    साथै बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ । केही यात्रुयहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend