logo

२०८३ असोज ७ बुधबार

सत्ता गठबन्धनमा जुटेन सहमति, उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने

सत्ता गठबन्धनमा जुटेन सहमति, उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट तीन जनाले उम्मेदवारी दिने भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा सहमति नभएपछि जसपाबाट दुई जना र जनमत पार्टीबाट एकजनाले उम्मेदवारी दिने भएका हुन् ।

    जनमत पार्टीबाट ममता झा तथा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तयारी भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उम्मेदवारमा सहमति नजुटेपछि तीन जनाको उम्मेदवारी पर्ने देखिएको बताए ।

    उनले आफ्नो पार्टीबाट झालाई उम्मेदवारी बनाउने बताए । उनले भने, ‘उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ । हामीले पनि महिला नै सकेसम्म उठाउनुपर्ने, त्यसमा रिस्क नलिने भन्नेकुरा भयो । त्यो आधारमा जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्नेछ । आज जसपाले पनि सम्भवतः दर्ता गर्नेछ । भोलिसम्ममा निष्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुने देखिन्छ ।’

    निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend