logo

२०८३ असोज ७ बुधबार

उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी दर्ता


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं। जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छन्। नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन्।

    उनको प्रस्तावमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन्। गोमा लाभ सापकोटा, विनीता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी समर्थक छन्।

    सत्ता गठबन्धनको तर्फबाट उनी तेस्रो उम्मेदवार हुन्। जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र प्रमिला यादवले पनि उम्मेदवारी दिएका छन्। नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend