logo

२०८३ असोज ७ बुधबार

पदिय जिम्मेवारीलाई समृद्ध कर्णाली निर्माणमा समर्पित गर्छु : मन्त्री शाह

पदिय जिम्मेवारीलाई समृद्ध कर्णाली निर्माणमा समर्पित गर्छु : मन्त्री शाह


हाम्रो राष्ट्र
  • मंगलबार, २२ साउन २०८१
  • 6K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले निष्ठापूर्व जनताको पक्षमा काम गर्ने बताउनुभएको छ । आइतबार मन्त्री बन्नुभएका उहाँले आज इमान, निष्ठा र कर्तव्यपूर्वक रहि आफ्नो पदिय जिम्मेवारीलाई समृद्ध कर्णाली निर्माणमा समर्पित गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

    उहाँले आफ्नो निर्वाचन क्षेत्रका जाजरकोटी जनतालाई पनि धन्यवाद ज्ञापन गर्नुभएको छ । मन्त्री शाहले इमानदारिता, निष्ठा र कर्तव्यपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पार्नुभएको छ । शाहले समृद्ध कर्णाली निर्माणमा आफ्नो योगदान दिने प्रण गर्दै रचनात्मक सल्लाह, सुझाव र खबरदारीका लागि अपिल गर्नुभएको हो ।

    उहाँले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधान तथा रक्षामन्त्री एवं पार्टी उप–सभापति पूर्णबहादुर खड्का, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र पार्टीका सम्पूर्ण नेतृत्वगणलाई अवसरका लागि धन्यवाद दिनुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend