logo

२०८३ साउन १४ बिहिबार

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।

    शनिबार तीन दलबीच विभिन्न एजेन्डाहरूमा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका छन्।

    सहमति पत्रमा अध्यक्ष राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् । उनीहरूबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय भएको छ ।

    उपराष्ट्रपतिमा जनमत पार्टीले ममता झालाई उम्मेदवार उठाएको छ। यस्तै जनता समाजवादी पार्टीले पुरूष उम्मेदवार रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाएको छ भने जसपाले रामसहायको उम्मेदवारीमा समस्या आउन सक्ने भन्दै प्रमिला यादवको पनि उम्मेदवारी दर्ता गराएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend