logo

२०८३ साउन १४ बिहिबार

पश्चिमी इन्डोनेसियामा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

पश्चिमी इन्डोनेसियामा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1K
    SHARES

    इन्डोनेसियाको पश्चिमी प्रान्त नाटुना रिजेन्सीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

    विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ३६ पुगेको जानकारी दिएका हुन् ।

    उनले भने, ‘पहिरोमा पुरिएका ३६ जनाको शव निकालिएको छ । यसबीचमा हराइरहेका १८ जनाको खोजी कार्य जारी छ।’ मुहारीले

    लगातारको भारी वर्षाका कारण पहिरो खसेको हो । पहिरोपछि तीन वटा गाउँ पुरिएको र एक हजारभन्दा बढी मानिसले अस्थायी आश्रय लिएका बताइएको छ । इन्डोनेसियामा सामान्यतया वर्षायाममा ठूलो बाढी र पहिरोजस्ता थुप्रै जल उत्पन्न प्रकोपहरू हुन्छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend