logo

२०८३ असोज ७ बुधबार

डंगोललाई नेविसङ्घ काठमाडौँको जिम्मेवारी

डंगोललाई नेविसङ्घ काठमाडौँको जिम्मेवारी


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ ।

    नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका हुन् । डङ्गोल काठमाडौँ महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुन् ।

    अध्यक्ष शेर्पाले नेविसङ्घ काठमाडौँको रिक्त अध्यक्ष पदमा सङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डङ्गोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । नेविसङ्घको विधि, विधान र मर्यादाभित्र रहेर सङ्घलाई गतिशील बनाउने विश्वास सङ्घले लिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend