logo

२०८३ साउन १५ शुक्रबार

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1K
    SHARES

    वित्तीय संकटले घेरिएको अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएको छ । यसले अमेरिकामा फेरि एकपटक ठूलो बैंकिङ संकट उत्पन्न हुने देखिएको विश्लेषकहरुले बताएका छन् ।

    सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक हो । नियामकले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी) रिसीभर नियुक्त गरेको छ, जसले यस विषयमा अरु काम गर्ने छ।

    यसअघि प्रि–मार्केट कारोबारमा ६६ प्रतिशतले गिरावट आएपछि बैंकको सेयर कारोबारमा रोक लगाइएको थियो। प्राविधिक कम्पनीहरूलाई कर्जा दिने एसभीबी बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र धेरै बैंकको सेयर घटेको छ ।

    एसभीबी यस वर्ष बन्द हुने पहिलो एफडीआइसी बीमा संस्था हो। यसअघि साढे २ वर्ष पहिला अल्मेना स्टेट बैंक २३ अक्टोबर २०२० मा बन्द भएको थियो । यो बैंक सन् १९८३ मा स्थापना भएको थियो। यो अमेरिकामा आइटी कम्पनी, क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend