logo

२०८३ साउन १३ बुधबार

सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह

सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह


हाम्रो राष्ट्र
  • मंगलबार, ४ भाद्र २०८१
  • 2.7K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेका बताउनुभएको छ । आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि मन्त्रालयले काम गरिरहेको र परिणाम विस्तारै देखिने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु, तर त्यो देखिन समय लाग्छ । संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउने सन्दर्भमा कुनै दुविधा छैन ।” उहाँले  काठमाडौँ उपत्यकाका बागमती, विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend