logo

२०८३ साउन १४ बिहिबार

इजरायली सेनाको कारबाहीमा तीन प्यालेष्टिनीको मृत्यु

इजरायली सेनाको कारबाहीमा तीन प्यालेष्टिनीको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 975
    SHARES

    इजरायलको सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी बन्दुकधारी मारिएका छन् । नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी मारिएका इजरायली सेनाले जनाएको छ ।

    ‘तीन जना बन्दुकधारीले सैनिक अधिकारीमाथि गोली प्रहार गरेपछि उनीहरूलाई निष्प्रभावी तुल्याउन जवाफी कारबाही गरिएको थियो । त्यसक्रममा तीन जना मारिएका तथा एक जना बन्दुकधारीले आत्मसमर्पण गरेको छ,’ इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    गत वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ ।

    यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ । दुवै पक्षका आधिकारिक स्रोतमा आधारित एएफपीको तथ्याङ्कअनुसार सोही अवधिमा तीन जना बालबालिका र एक प्रहरीसहित १२ जना इजरायली र एक जना युक्रेनी नागरिक मारिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend