logo

२०८३ साउन १४ बिहिबार

पीएनजीमाथि नेपालको ऐतिहासिक जित

पीएनजीमाथि नेपालको ऐतिहासिक जित


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित निकालेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो ।

    नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो । नेपालले ओडिआईमा पहिलोपटक ९ विकेटको जित दर्ता गरेको हो । यसअघि नेपालले अमेरिकामाथि ८ विकेटको जित दर्ता गरेको थियो । नेपालका लागि आशिफ शेखले ५३, कुशल भुर्तेलले ३३, कुशल मल्लले १२ रनको योगदान गरे ।

    पीएनजीका चोड सोपरले १ विकेट हात पारे । नेपालका लागि सन्दीप लामिछानेले ५, ललित राजवंशीले २, कुशल मल्लले २, सोमपाल कामीले १ विकेट हात पारे । नेपालले आज गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई खेलाइएको थियो ।

    यो जितसंगै नेपालले विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले विश्वकप लिगमा आफूलाई चौथो स्थानमा राखेकाले एक दिवसीय मान्यता जोगाइसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend