काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले देशको विकासका लागि सबैलाई एकजुट हुन आग्रह गर्नु भएको छ । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले देशमा सुख, शान्ति, र समृद्धि ल्याउनका लागि सबैलाई एकजुट भएर काम गर्न अनुरोध गर्नुभएको हो ।
मन्त्री शाहले राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद्भाव कायम राख्नका लागि सबैलाई अग्रसर हुने आह्वान गर्दै, संविधानको महत्व र यसको संरक्षणमा सबैको जिम्मेवारीको उल्लेख गर्नुभयो । उहाँले नागरिकलाई भावनात्मक एकता र सामाजिक सञ्जाललाई अझ मजबुत बनाउन प्रेरित गर्नुभएको छ ।
सन्देशमा, मन्त्री शाहले सबै नेपालीलाई संविधानका आदर्श र मूल्यमान्यतामा आधारित भएर एकताबद्ध र समृद्ध नेपाल निर्माण गर्नका लागि साझा प्रयासको आवश्यकता रहेकोतर्फ जोड दिनुभयो । संविधान दिवस र राष्ट्रिय दिवस २०८१ आज देशभर विभिन्न कार्यक्रमहरूद्वारा मनाइँदैछ ।
आज बिहान कर्णाली प्रदेशमा आयोजित प्रभातफेरीमा मुख्यमन्त्री यामलाल कँडेल, मन्त्री शाहसहित सरकारका अन्य प्रतिनिधि र सर्वसाधारणको ठूलो सहभागिता रहेको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend