logo

२०८३ साउन १४ बिहिबार

लघुवित्त र मिटरब्याज पीडितहरुद्वारा माइतीघरमा प्रदर्शन

लघुवित्त र मिटरब्याज पीडितहरुद्वारा माइतीघरमा प्रदर्शन


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । लघुवित्त र मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको बिरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

    विभिन्न जिल्लाहरुबाट काठमाडौं आएका उनीहरुले संयुक्त बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन गरेको दाबी गरेका छन् ।

    उनीहरुले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाहा गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् ।

    लघुवित्तीय संस्थाहरुले फिर्ता नहुने गरी केन्द्र वचतको नाममा विगत ३० वर्षदेखि गेरको प्रति सदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक प्नःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणिहरु बाहेकका विभिन्न नाममा गरिएको वचतकर्ताहरुको रकम हिसाव गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend