logo

२०८३ असोज ७ बुधबार

युक्रेनको जीडीपी सन् २०२२ मा २९.२ प्रतिशतले घट्यो

युक्रेनको जीडीपी सन् २०२२ मा २९.२ प्रतिशतले घट्यो


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२२ मा २९.२ प्रतिशतले सङ्कुचित भएको छ । सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले देशको अर्थ मन्त्रालयले गरेको अनुमानलाई उदृत गर्दै मङ्गलबार त्यसबारे उल्लेख गरेको छ ।

    आर्थिक गिरावटले उदासीन घरायसी उपभोग, लगानी गतिविधिमा गिरावट र रूस–युक्रेन द्वन्द्वको कारण निर्यात र आयात सञ्चालनमा नकारात्मक दबाबलाई प्रतिबिम्बित गरेको मन्त्रालयले जनाएको छ ।

    गत वर्ष युक्रेनको जीडीपी चौथो सत्रमा अपेक्षा गरेभन्दा राम्रो गतिशीलताका कारण ३०.४ प्रतिशतको प्रारम्भिक अनुमानित गिरावट भन्दा राम्रो थियो। सार्वजनिक तथ्याङ्क अनुसार युक्रेनको वास्तविक जीडीपी सन् २०२२ को अक्टोबर–डिसेम्बरमा वार्षिक ३१.४ प्रतिशतले घटेको छ ।

    यस महिनाको शुरुमा अर्थ मन्त्रालयले यस वर्षको देशको जीडीपी वृद्धि पहिले अनुमान गरिएको ३.२ प्रतिशतबाट १ प्रतिशतमा घटाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend