logo

२०८३ साउन १४ बिहिबार

सात महिनासम्म संसदमा अनुपस्थित भएपछि जापानका एकजना सांसद पदबाट निष्कासित

सात महिनासम्म संसदमा अनुपस्थित भएपछि जापानका एकजना सांसद पदबाट निष्कासित


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1.1K
    SHARES

    जापानका एकजना सांसदलाई संसदमा प्रवेश गर्न नपाइ निष्कासन गरिएको छ । योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलबार निष्कासन गरेका हुन् ।

    सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन् । लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो ।

    मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए । उनी युट्युबमा गास्यको रूपमा परिचित छन्। उनी त्यहाँ सेलिब्रिटी गसीपबारे भिडियोहरू बनाउँछन् । जापानमा निष्कासन एक जना सांसदले पाउन सक्ने सबैभन्दा कठोर सजाय हो ।

    सन् १९५० यता दुई पटक मात्रै यस्तो भएको छ र लगातार अनुपस्थित भएका कारण सांसद निष्कासन भएको यो पहिलो पटक हो । संसदले यसै साताको अन्त्यमा निष्कासन सम्बन्धी निर्णयलाई औपचारिकता दिनेछ।

    ‘नो–शो एमपी’ उपनाम दिइएका ती सांसद संयुक्त अरब इमिरेट्समा बसोबास गरिहेको बताइएको छ । उनले हालसम्म संसद्मा उपस्थित हुन अस्वीकार गरेका छन् किनभने उनीमाथि ठगीको आरोप लागेकाले उनलाई पक्राउ पर्ने डर छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend