logo

२०८३ साउन १५ शुक्रबार

एकदिवसीय वरीयतामा नेपालको सुधार

एकदिवसीय वरीयतामा नेपालको सुधार


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार राती सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथी उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।

    जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथी अर्थात १५ औं स्थानमा छ । नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा छ भने  अस्ट्रेलिया दोस्रो स्थानमा छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend