logo

२०८३ साउन १५ शुक्रबार

उपराष्ट्रपतिमा जसपाका उम्मेदवार यादवलाई मत दिने कांग्रेसको निर्णय

उपराष्ट्रपतिमा जसपाका उम्मेदवार यादवलाई मत दिने कांग्रेसको निर्णय


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने  निर्णय गरेको छ ।

    बुधबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यादवलाई मत दिने निर्णय गरेको हो । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले संघीय संसद र प्रदेश सभा सदस्यहरुलाई उपराष्ट्रपति पदका उम्मेदवार यादवको पक्षमा मत दिन निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

    बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन भूमिका खेल्ने सबै पक्ष र सांसदहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend