logo

२०८३ असोज ७ बुधबार

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । मंगलबार झिनो अंकले बढेको शेयर बजार नेप्से बुधबार भने दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६३ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेको दिन दुई सय ५३ वटा कम्पनीको ३७ लाख १६ हजार कित्ता शेयर एक अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएको छन् ।

    सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर झन्डै छ प्रतिशत र बाराही हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend