logo

२०८३ असोज ७ बुधबार

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनका दश दलको बैठक विना निष्कर्ष टुंगिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो ।

    उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जनमत पार्टीकी ममता झा र जसपाका रामसहायप्रसाद यादव उम्मेदवार छन् । यसबारेमा भने बैठकमा केही निर्णय भएको छैन ।

    माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको र बिहीबार बसेर थप निर्णय गर्ने जानकारी दिए । नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा छलफल शुरु भएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend