logo

२०८३ असोज ७ बुधबार

प्रमुख सचेतकहरूसँग दफावार छलफल गर्दै सभामुख घिमिरे

प्रमुख सचेतकहरूसँग दफावार छलफल गर्दै सभामुख घिमिरे


हाम्रो राष्ट्र
  • मंगलबार, ६ कार्तिक २०८१
  • 2K
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले आज बिहान प्रमुख सचेतकहरू र समितिका सभापतिहरूसँग दफावार छलफलको तयारी गर्नुभएको छ। आगामी संसद अधिवेशनमा कार्यसूचीको अभाव हुन नदिन यो छलफल आयोजना गर्नुभएको हो ।

    छलफलमा सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीको सहभागिता रहनेछ ।

    समितिको कोरम पूरा गर्न र विधेयकहरूको दफावार छलफललाई थप गति दिन, सभामुखले राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, र अर्थ समितिमा रहेका विधेयकहरूबारे छलफलको कार्यक्रम तय गर्नुभएको हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend