logo

२०८३ असोज ७ बुधबार

रियल मड्रिड च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा

रियल मड्रिड च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा


हाम्रो राष्ट्र
  • बिहिबार, २ चैत्र २०७९
  • 1.2K
    SHARES

    रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा लिभरपुललाई १–० ले हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    समग्रमा ६–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरपुलको मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ५–२ ले हराएको थियो ।

    आफ्नै मैदानमा भएको दोस्रो लेगमा रियललाई विजयी गराउन करिम बेन्जमाले निर्णायक गोल गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए । सोही गोल नै रियललाइ क्वाटरफाइनलमा प्रवेश गर्न पर्याप्त भयो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend