logo

२०८३ असोज ७ बुधबार

मौन अवधिमा उपराष्ट्रपतिबारे बैठक बसेर निर्णय नलिन दलहरुलाई आयोगको आग्रह

मौन अवधिमा उपराष्ट्रपतिबारे बैठक बसेर निर्णय नलिन दलहरुलाई आयोगको आग्रह


हाम्रो राष्ट्र
  • बिहिबार, २ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मौनवअवधि सुरु भइसकेकाले बैठकबाट निर्णय नलिन दलहरुलाई सचेत गराएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गरी दलहरुलाई सचेत गराएका हुन् ।

    शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनको तयारी पूरा भइसकेकाले बैठक बसेर निर्णय नगर्न दलहरुलाई आयोगले आग्रह गरेको हो ।

    आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका बैठक, छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न/गराउन सम्बन्धित उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend