logo

२०८३ साउन १५ शुक्रबार

शेयर बजारमा समान्य गिरावट

शेयर बजारमा समान्य गिरावट


हाम्रो राष्ट्र
  • बिहिबार, २ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । साताको अन्तिम  कारोबार सेयर बजारमा बिहीबार  ओरालो लागेको छ । नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको छ ।

    १ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ ।

    बिहीबार   ३४ लाख २ हजार २७६ कित्ता  सेयर किनबेच भएको छ । त्यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १०  प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

    यता,  एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यसको बिहीबार करिब ५ करोडको कारोबार भएको छ । यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ ।

    बिहीबार १३ उपसुचकहरुमा ४ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाकी सबै कम्पनी राताम्मै भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend