logo

२०८३ असोज ७ बुधबार

सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने

सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

    शुक्रबार खेलाडीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै सरकारले खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

    प्रधानमन्त्रीले भने,‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी. ३ लाख पुरस्कारको घोषणा गर्दछु।’

    बिहीबार नेपालले युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend