logo

२०८३ असोज ७ बुधबार

तीन दशकपछि बुरून्डीमा पोलियो भाइरसको सङ्क्रमण फेला

तीन दशकपछि बुरून्डीमा पोलियो भाइरसको सङ्क्रमण फेला


हाम्रो राष्ट्र
  • शनिबार, ४ चैत्र २०७९
  • 1.1K
    SHARES

    बुरुन्डीमा तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विज्ञप्ति जारी गरी मध्य अफ्रिकी राष्ट्रमा . पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ ।

    बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् ।

    अन्य पाँच वटा नमुना–२ पोलियोको भाइरस फोहोर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ । पोलियो एक सङ्क्रामक रोग हो । यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्दछ र अपरिवर्तनीय पक्षाघात निम्त्याउन सक्छ ।

    यसले मुख्यतया साना केटाकेटीहरूलाई हानि पु¥याउँछ । तर यसको रोकथाम अत्यधिक प्रभावकारी र धेरै सस्तो खोपको प्रयोगबाट रोक्न सकिन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend