logo

२०८३ असोज ७ बुधबार

ए डिभिजन लिगमा आर्मीद्वारा फ्रेण्ड्स पराजित

ए डिभिजन लिगमा आर्मीद्वारा फ्रेण्ड्स पराजित


हाम्रो राष्ट्र
  • शनिबार, ४ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मीले फ्रेण्ड्स क्लबलाई पराजित गरेको छ । शनिबार च्यासल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई २–१ गोलले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

    खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए । तर २४ औं मिनेटमा जिलेस्पीजंग कार्कीले आर्मीका लागि बराबरी गोल फर्काए ।

    खेलको इन्जुरी समयमा दीपक गुरुङले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । जितपछि ५ खेलमा ८ अंक जोडेको आर्मी चौथो स्थानमा उक्लेको छ । फ्रेन्ड्सले ५ खेलबाट ४ अंक जोडेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend