logo

२०८३ असोज ७ बुधबार

आईएमएफसँगको सम्झौता श्रीलङ्का सरकारले संसदमा पेश गर्ने

आईएमएफसँगको सम्झौता श्रीलङ्का सरकारले संसदमा पेश गर्ने


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.1K
    SHARES

    श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौता आगामी साता संसदमा प्रस्तुत गर्ने भएका छन् ।

    अर्थ राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बैठकलाई सम्बोधन गर्दै संसदमा सम्झौता प्रस्तुत गर्नेबारे जानकारी गराएका हुन् ।

    उनका अनुसार आईएमएफले पनि आफ्नो वेबसाइटमा सम्झौता प्रकाशित गर्नेछ र मार्च २० मा समितिको बैठक बसेर दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको सहुलियत कर्जा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।

    सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend