logo

२०८३ असोज ७ बुधबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिई सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिई सरकारमा सहभागी हुने कांग्रेसको निर्णय


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिई सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

    पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिई सरकारमा सहभागी हुने निर्णय बैठकले गरेको जानकारी दिए । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताए ।

    उनले संविधानको रक्षा, सम्बद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको बताए ।

    उनले आज बस्ने संसद बैठकबाट काँग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताए । उनले पार्टीबाट मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राख्ने बताए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend