logo

२०८३ साउन १४ बिहिबार

भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ ।

    आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले भुसालाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले महासचिव वेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गरेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

    त्यस्तै बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

    पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजबाट संसदमा सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend