logo

२०८३ असोज ७ बुधबार

आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलर कर्जा स्वीकृत गर्ने

आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलर कर्जा स्वीकृत गर्ने


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.2K
    SHARES

    आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको श्रीलङ्काले जनाएको छ ।

    श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सोमबार दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गर्ने तयारी गरेको भन्दै देशको ‘डलर सङ्कट’ अन्त्य भएको बताए ।

    श्रीलङ्कासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुने भन्दै उनले आईएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताए ।

    “आईएमएफको प्याकेजमा श्रीलङ्का सरकारलाई बजेटसम्बन्धी सहयोग समावेश हुनेछ, जुन आईएमएफको कर्जाको नयाँ अंश हो,” उनले भने ।

    सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend