logo

२०८३ असोज ७ बुधबार

तेस्रो राष्ट्रिय टग अफ वार: फागुन १६ देखि भक्तपुरमा प्रतिस्पर्धा सुरु

तेस्रो राष्ट्रिय टग अफ वार: फागुन १६ देखि भक्तपुरमा प्रतिस्पर्धा सुरु


हाम्रो राष्ट्र
  • मंगलबार, १३ फाल्गुन २०८१
  • 2.3K
    SHARES

    काठमाडौँ: नेपाल डोरीतान सङ्घले यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिताको आयोजना गर्ने भएको छ।
    भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीले सहभागिता जनाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भवानी प्रसाद पौडेलले जानकारी दिनुभयो।महिला तर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता नरहने पनि उहाँले बताउनुभयो।प्रतियोगितामा कुल १८ टिमका १६२ खेलाडीले भाग लिनेछन्। पुरुष तर्फ ६४० केजी तथा महिला तर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताको पुरुष विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने महिला तर्फको विजेताले ६० हजार तथा उपविजेता टोलीले ४० हजार रुपैँया प्राप्त गर्नेछन्।नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेको खेलको राष्ट्रिय प्रतियोगिताको आयोजनाले डोरीतान खेलको प्रवर्द्धनमा टेवा पुग्ने पत्रकार सम्मेलनमा अध्यक्ष भवानी प्रसाद पौडेलले बताउनुभयो। पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय प्रतिनिधि आनन्द कुमार यादब र महासचिव बिमल पौडेलको उपस्थित थियो। प्रतियोगिताको कुल बजेट ३१ लाख रहेको र पदाधिकारी तथा विभिन्न सहयोगदाताको मद्धतले प्रतियोगिता सफल बनाउने आयोजकको भनाई छ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend