logo

२०८३ साउन १४ बिहिबार

पुटिनले क्रिमियापछि मारिउपोलको भ्रमण गरेको क्रेमलिनद्वारा पुष्टि

पुटिनले क्रिमियापछि मारिउपोलको भ्रमण गरेको क्रेमलिनद्वारा पुष्टि


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 949
    SHARES

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोलको आकस्मिक भ्रमण गरेको क्रेमलिनले आइतबार जनाएको छ । राष्ट्रपति पुटिनले क्रिमियाको एकीकरणको नवौं वर्षगाँठको उपलक्ष्यमा क्रिमियाको भ्रमण गरेको केही घण्टापछि क्रेमलिनले वितरण गरेको भिडियोमा उनलाई हेलिकप्टरबाट मारिउपोलमा अवतरण गरेको देखाइएको थियो ।

    रूसी नेताले कार चलाएर शहरको भ्रमण गरेको भिडियोमा देख्न सकिन्छ । रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका अनुसार उनले पुनर्निर्माण गरिएको म्युजिकल थिएटरको भ्रमण गर्नुका साथै भ्रमणका अवसरमा पुनः निर्माणकार्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    रूसी सरकारी टेलिभिजनले प्रसारण गरेको तस्बिरअनुसार एक स्थानीय बासिन्दाले पुटिनलाई भने, “हामी तपाईंका लागि प्रार्थना गरिरहेका छौं ।”

    गत वर्षको फेब्रुअरीमा युक्रेन द्वन्द्व सुरु भएयता पुटिनको पूर्वी डोनबास क्षेत्रको यो पहिलो भ्रमण थियो । रणनीतिक बन्दरगाह शहरमा युक्रेनी सेनाको अन्तिम नियन्त्रण र अजोभस्टल स्टिल उद्योगमा आक्रमणसहित एक अभियानपछि मारिउपोल कब्जा गरेको करिब एक बर्षपछि यो भ्रमण भएको हो ।

    पुटिनका लागि कूटनीतिक ‘कू’ का रूपमा हेरिएको समय चिनियाँ राष्ट्रपति सी चिनफिङले यसै साता मस्कोको भ्रमण गर्नुअघि पुटिनले युक्रेनी रणनीतिक बन्दरगाह शहरका रूपमा चिनिने मारिउपोलमा यो भ्रमण भएको हो ।

    मस्कोको रणनीतिक सहयोगी बेइजिङले युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने उद्देश्यले यो भ्रमणलाई ‘शान्तिका लागि भ्रमण’ को संज्ञा दिएको छ । चीनले आफूलाई तटस्थ पक्षको रूपमा स्थापित गर्न खोजेको छ र मस्को र कीभलाई वार्ता सुरु गर्न आग्रह गरेको छ ।

    तर पश्चिमा नेताहरूले रूसको आक्रमणको निन्दा नगरेको भन्दै बेइजिङको बारम्बार आलोचना गर्दै मस्कोलाई आफ्नो अभियानका लागि कूटनीतिक आवरण प्रदान गरेको आरोप लगाउँदै आएका छन् ।

    पुटिनले युक्रेनसँग सीमा जोडिएको दक्षिणी रुसी शहर रोस्तोभ–अन–डोनमा जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभलगायत सेना प्रमुखसँग पनि भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ ।
    उनले शनिबार क्रिमियाको आकस्मिक भ्रमण पनि गरेका थिए ।

    रूसी सरकारी टिभीले उहाँलाई मस्कोले नियुक्त गरेका स्थानीय गभर्नर मिखाइल रज्वोजायेभको साथमा ब्ल्याक सी को बन्दरगाह शहर सेवस्तोपोलको भ्रमण गरेको देखाइएको थियो । उनी सेवेस्तोल पुग्दा आँफैले गाडी चलाएर गएका थिए ।

    सन् २०१४ मा कीभ र अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको जनमत सङ्ग्रहपछि रूसले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend