logo

२०८३ असोज ७ बुधबार

GOALFEST 2025 को भव्य उद्घाटन, रोसेटा एजुकेशनका प्रबिन पौडेलद्वारा रिबन काट्दै सुरुवात

GOALFEST 2025 को भव्य उद्घाटन, रोसेटा एजुकेशनका प्रबिन पौडेलद्वारा रिबन काट्दै सुरुवात


हाम्रो राष्ट्र
  • मंगलबार, २७ फाल्गुन २०८१
  • 15.1K
    SHARES

    काठमाडौं – शैक्षिक क्षेत्रको प्रतिष्ठित संस्था रोसेटा एजुकेशन इन्टरनेशनलले यस वर्षको बहुप्रतीक्षित फुटसल प्रतियोगिता GOALFEST 2025 को मुख्य प्रायोजकको रूपमा सहयोग गरेको छ। २५०,००० भन्दा बढीको पुरस्कार राशी रहेको यो प्रतियोगिता आजबाट औपचारिक रूपमा सुरू भएको छ।

    रोसेटा एजुकेशन इन्टरनेशनलका संस्थापक तथा निर्देशक प्रबिन पौडेलले उद्घाटन समारोहमा रिबन काटी प्रतियोगिताको सुरुवात गरे। उनले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, टीम वर्क, र नेतृत्वदायी गुण विकास गराउने भन्दै रोसेटा शिक्षाले कक्षा बाहिरको शिक्षालाई पनि उत्तिकै महत्त्व दिने बताए।

    प्रतियोगितामा केटाहरूका लागि १२०,०००, केटीहरूका लागि ५०,००० नगद पुरस्कार तथा ७०,००० बराबरको उपहार भौचर प्रदान गरिनेछ। साथै, सर्वाधिक दर्शक समर्थन प्राप्त टोलीलाई १०,००० को फ्यान फेभरिट पुरस्कार प्रदान गरिनेछ।

    शिक्षालय कलेजद्वारा आयोजित यो प्रतियोगिताले नेपाली कलेज खेलकुदमा नयाँ उचाइ स्थापित गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend