logo

२०८३ साउन १४ बिहिबार

इरानी राष्ट्रपति रइसीलाई साउदी अरब भ्रमणको निमन्त्रणा

इरानी राष्ट्रपति रइसीलाई साउदी अरब भ्रमणको निमन्त्रणा


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 910
    SHARES

    साउदी अरबले इरानका राष्ट्रपति इब्राहिम रइसीलाई औपचारिक भ्रमणको निमन्त्रणा दिएको छ । यी दुई प्रतिद्वन्द्वी देशले आफ्ना कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमति जनाएको करिब एक सातापछि भ्रमणको निम्तो दिइएको इरानले जनाएको छ । भ्रमणका लागि राजा सलमानले पत्रमार्फत आह्वान गरेको भनिएको छ।

    यद्यपि, साउदी अरबले यसबारे अझै पुष्टि गरेको छैन । मध्यपूर्वको पछिल्लो इतिहासमा यी दुई राष्ट्रहरू बीचको तिक्ततापूर्ण सम्बन्ध हाबी भएको छ । चीनले यस क्षेत्रको भूराजनीतिलाई नयाँ आकार दिन आवश्यक मध्यस्थता गरेको थियो ।

    एक वरिष्ठ इरानी अधिकारी मोहम्मद जमशिदीले साउदी अरबको राजधानी रियाद भ्रमणको निमन्त्रणाबारे ट्विटमार्फत रइसीले निमन्त्रणा स्वीकार गरेको र सहकार्य विस्तार गर्न इरान तत्पर रहेको कुरामा जोड दिएको बताएका छन् ।

    फरक प्रसङ्गमा इरानका विदेश मन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले पत्रकारहरूसँग दुई देशहरू विदेश मन्त्रीस्तरको बैठकका लागि तयार भएको र बैठकका लागि तीन सम्भावित स्थानहरू प्रस्ताव गरिएको बताएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend