logo

२०८३ असोज ७ बुधबार

अन्नपूर्ण ७५ वर्ष: फ्रेञ्च दूतावासद्वारा वृत्तचित्र प्रक्षेपण तथा पर्वत संरक्षणमाथि बहस

अन्नपूर्ण ७५ वर्ष: फ्रेञ्च दूतावासद्वारा वृत्तचित्र प्रक्षेपण तथा पर्वत संरक्षणमाथि बहस


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ बैशाख २०८२
  • 2.6K
    SHARES

    काठमाडौँ , मौरिस हर्जोग र लुइस लाशेनालद्वारा पहिलो पटक अन्नपूर्ण शिखर आरोहणको ७५औं वार्षिकोत्सवको अवसरमा फ्रेञ्च दूतावास र एलायन्स फ्राँसेले २०८१ वैशाख ११ गते (२३ अप्रिल २०२५) वृत्तचित्र “Annapurna, History of a Conquest” को विशेष प्रक्षेपण कार्यक्रम आयोजना गरे।

    निर्देशक बर्नार्ड जर्ज द्वारा निर्मित उक्त वृत्तचित्रको प्रक्षेपणपछि “Mountain Matters: Sustaining the Spirit of Mountains” शीर्षक अन्तर्गत नेपाली भाषामा एक विशेष प्यानल छलफल सम्पन्न भयो। कार्यक्रमको सञ्चालन पत्रकार शमा थापाले गर्नुभएको थियो भने प्यानलमा बेस क्याम्प ट्रेकका संस्थापक तथा तिब्बतविद् जेरोम एडु, पर्वतारोही तथा पत्रकार कल्पना महार्जन, खुम्बु पासाङल्हमु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, र नेपाल राष्ट्रिय पर्वत मार्गदर्शक संघ (NNMGA) का अध्यक्ष तुल सिंह गुरुङ सहभागी थिए।

    प्यानलले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सरकारलाई हरित उर्जा प्रवर्द्धन, कार्बन उत्सर्जन घटाउने र हिमनदी तथा पारिस्थितिक तन्त्रको संरक्षणका लागि सक्रिय हुन आग्रह गर्‍यो। प्रदूषण तथा अवैध अतिक्रमण नियन्त्रण गर्न कानूनको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिइयो।

    छलफलमा जिम्मेवार पर्वतारोहण अभ्यास, स्थानीय समुदाय सशक्तिकरण, वातावरणमैत्री पर्यटन तथा कृषि प्रवर्द्धन, र हिमाली क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने विषयहरूलाई प्राथमिकताका साथ उठाइएको थियो।

    यस कार्यक्रमले पर्वतारोही, वातावरणविद्, पत्रकार र कूटनीतिज्ञहरूलाई एउटै मञ्चमा ल्याउँदै हिमाली क्षेत्रको दीगो संरक्षण र पर्वतीय आत्माको जगेर्नाका लागि महत्त्वपूर्ण संवादको अवसर सिर्जना गर्‍यो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend