logo

२०८३ असोज ७ बुधबार

युकेको प्रतिष्ठित विश्वविद्यालय युडब्लुएई ब्रिस्टलको स्पट एडमिशन कार्यक्रम सम्पन्न

युकेको प्रतिष्ठित विश्वविद्यालय युडब्लुएई ब्रिस्टलको स्पट एडमिशन कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ बैशाख २०८२
  • 3.2K
    SHARES

    काठमाडौं, युकेको ख्यातिप्राप्त विश्वविद्यालय University of the West of England (UWE Bristol) को प्रतिनिधित्वमा काठमाडौंको नयाँ बानेश्वरस्थित Rosetta Education International को आयोजनामा स्पट एडमिशन तथा ‘Meet the Expert’ कार्यक्रम सम्पन्न भयो। कार्यक्रम २०७८ साल वैशाख १३ गते (अप्रिल २५, २०२५) शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आयोजना गरिएको थियो।

    कार्यक्रममा Meha Mehta, जसले नेपाल, भारत, श्रीलंका र भुटान क्षेत्रको लागि वरिष्ठ प्रबन्धकको रूपमा काम गर्दै आएकी छन्, र Sujan Ghimire, जो नेपाल तथा भुटानका लागि कन्ट्री म्यानेजर हुन्, दुबैले सहभागी विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेका थिए।

    उनीहरूले विद्यार्थीहरूलाई सेप्टेम्बर २०२५ इन्टेक का लागि उपलब्ध कोर्सहरू, छात्रवृत्तिका अवसरहरू, करियरको सम्भावना र भिसा प्रक्रियासम्बन्धी महत्वपूर्ण जानकारी दिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्पट एडमिशन मूल्याङ्कन गराउने अवसर प्राप्त गरेका थिए भने भविष्यका योजना निर्माण गर्न ‘एक्सपर्ट’ बाट परामर्श लिने सुविधा पनि पाएका थिए।

    Rosetta Education International ले विद्यार्थीहरूलाई आवश्यक शैक्षिक प्रमाणपत्र र पासपोर्टका प्रतिहरूसहित उपस्थित गराएको थियो, जसले प्रक्रियालाई सहज बनायो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जानकारी गराएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend