logo

२०८३ असोज ७ बुधबार

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा

हिंसाका घटना बढेपछि अमेरिकाको मियामीमा संकटकाल घोषणा


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 962
    SHARES

    अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घटना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ । राज्यको एक सहर मियामी बीचमा कफ्र्यु आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घटना बढेका छन् ।

    अधिकारीका अनुसार आदेशअनुसार यहाँका नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन् । यो आदेश अर्काे सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

    सो सहरमा शुक्रबार राति एकजनाको गोली हानी हत्या गरिएको थियो भने अर्का एकजना सर्वसाधारण घाइते भएका थिए ।

    त्यसैगरी आइतबार बिहान पनि यहाँ गोली हानेर अर्का एकजनाको हत्या गरिएको छ । ती हत्यामा संलग्न भएकाहरुको खोजी जारी रहेको तर पक्राउ भने नपरेका बताइएको छ ।

    दक्षिणी फ्लोरिडाको सहरमा हिंसाका घटना बढेपछि छोटो समयका लागि सङ्कटकाल लगाउनुपरेको सहरका मेयरले भिडियो सन्देशमार्फत् जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend