logo

२०८३ असोज ७ बुधबार

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने मन्त्रिपरिषद बैठकको निर्णय

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने मन्त्रिपरिषद बैठकको निर्णय


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।
    सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो ।

    बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend