logo

२०८३ साउन १४ बिहिबार

कुशल मल्ल ५० हजार नगदसहित सम्मानित

कुशल मल्ल ५० हजार नगदसहित सम्मानित


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 1.2K
    SHARES

    बुटवल । बुटवल उपमहानगरपालिकाले क्रिकेटर कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गरेका हुन् ।

    कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा नगरप्रमुख पाण्डेले नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दाबढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

    कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवल उपमहानगरले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend