logo

२०८३ असोज ७ बुधबार

आई.आई.एम.यू.एन. नेपालद्वारा कूटनीति, विकास र मानवअधिकारको प्रगतिमा समर्पित विश्व नेताहरूको स्वागत

आई.आई.एम.यू.एन. नेपालद्वारा कूटनीति, विकास र मानवअधिकारको प्रगतिमा समर्पित विश्व नेताहरूको स्वागत


हाम्रो राष्ट्र
  • बुधबार, १५ जेष्ठ २०८२
  • 2.8K
    SHARES

    आई.आई.एम.यू.एन. नेपालले विश्वभरका प्रतिष्ठित कूटनीतिज्ञ, राजदूत, र मानवअधिकारका पक्षधर नेताहरूको सहभागितामा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा समावेशी विकास, कूटनीति, मानव अधिकार र दिगो भविष्यका विषयमा उच्चस्तरीय छलफल र सहकार्यको प्रतिबद्धता प्रस्तुत गरियो।

    ई.यू. का राजदूत महामहिम भेरोनिक लोरेन्जोले नेपाल–युरोपेली संघबीचको सम्बन्धलाई लोकतन्त्र, विकास र वातावरणीय सहकार्यमा आधारित गर्दै अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    युनेस्को प्रतिनिधि जाको डु टोइटले नेपालको शिक्षा प्रणाली सुधार, सांस्कृतिक सम्पदा संरक्षण तथा अभिव्यक्ति स्वतन्त्रता प्रवर्द्धनमा युनेस्कोको योगदान प्रस्तुत गर्नुभयो।

    बेलायतका राजदूत रोब फेनले नेपालको लोकतान्त्रिक प्रगति, जलवायु न्याय र समावेशी विकासमा बेलायतको सहकार्य अझ मजबुत बनाउने प्रतिवद्धता जनाउनुभयो।

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकार एवं उपमहासचिव विष्णुप्रसाद रिमालले नेपाल सरकारको रणनीतिक योजनाहरू तथा सुशासनका उपायहरूबारे प्रकाश पार्नुभयो।

    भारतीय दूतावासकी प्रतिनिधि गीतााञ्जली ब्रान्डनले भारत–नेपाल सम्बन्धमा गहिरो कूटनीतिक र जनस्तरीय सम्बन्धबारे आफ्ना धारणा व्यक्त गर्नुभयो।

    एफएओ प्रतिनिधि जुन हेले नेपालको कृषि प्रणाली सुधार, खाद्य सुरक्षा तथा जलवायु सहनशील खेती प्रणालीको प्रवर्द्धनबारे FAO को भूमिका प्रस्तुत गर्नुभयो।

    माइति नेपालकी संस्थापक अनुराधा कोइरालाले मानव बेचबिखन विरुद्धको आफ्नो विश्वस्तरीय अभियान तथा पीडितहरूको पुनःस्थापनाका उपायहरूबारे सशक्त सन्देश दिनुभयो।

    इजरायली राजदूत ष्मुलिक् अरिए बस्स्ले नेपालको कृषि प्रणाली सुधार, खाद्य सुरक्षा तथा जलवायु सहनशील खेती प्रणालीको प्रवर्द्धनबारे इजरायलको भूमिका प्रस्तुत गर्नुभयो।

    यूएन-ह्याबिटाटकी प्रतिनिधि प्रज्ञा प्रधानले दिगो शहरी विकास र स्थानीय समुदायको पुनर्निर्माण र सशक्तिकरणमा केन्द्रित सहकार्यका विषयमा प्रकाश पार्नुभयो।

    कार्यक्रमले युवाहरूसँग अन्तरक्रिया र अन्तर्राष्ट्रिय नेतृत्वबारे सशक्त संवादको अवसर सिर्जना गर्‍यो। आई.आई.एम.यू.एन. नेपालद्वारा सञ्चालित यो मञ्चले विश्व नेतृत्व, सहकार्य र मानवताको पक्षमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend