logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा दोहोरो अंकको बृद्धि

नेप्सेमा दोहोरो अंकको बृद्धि


हाम्रो राष्ट्र
  • सोमबार, ६ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से सोमबार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर उकालो लागेको छ । गएको फागुन २५ गतेयता आज पहिलो पटक बजार दोहोरो अङ्कले बढेको हो ।

    बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । २ सय ५८ वटा कम्पनीका ५२ लाख ५५ हजार कित्ता शेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको शेयर ७ करोड ६३ लाख रुपैयाँमा किनबेच भयो ।

    आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र न्यादी हाइड्रो पावर कम्पनीको शेयर झन्डै ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सको शेयर साढे ५ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend