logo

२०८३ साउन १४ बिहिबार

नासा कलेजमा फ्रेन्च डेन्टल विद्यार्थीको विशेष अन्तर्राष्ट्रिय भ्रमण

नासा कलेजमा फ्रेन्च डेन्टल विद्यार्थीको विशेष अन्तर्राष्ट्रिय भ्रमण


हाम्रो राष्ट्र
  • मंगलबार, ३१ असार २०८२
  • 2.2K
    SHARES

    काठमाडौं, नासा कलेजले हालै फ्रान्सका डेन्टल (दन्त चिकित्सक) विद्यार्थी समूहलाई स्वागत गर्दै विशेष अन्तर्राष्ट्रिय भ्रमण सम्पन्न गरेको छ। स्वास्थ्य सचेतनाका दृष्टिकोणले महत्वपूर्ण मानिएको यस भ्रमणमा फ्रेन्च विद्यार्थीहरूले नासा कलेजका विद्यार्थीहरूसँग दन्त स्वास्थ्यका विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरे।

    उक्त सत्रमा दन्त सफाइ, मुख स्वच्छता, खानपानका स्वस्थ बानी र दन्त रोगबाट जोगिने उपायहरूबारे जानकारी दिइयो। सहभागी नेपाली विद्यार्थीहरूले फ्रेन्च टोलीबाट उपयोगी ज्ञान प्राप्त गर्दै दन्त स्वास्थ्यप्रति थप सचेत हुने अवसर पाए।

    नासा कलेजले यस्तो सहयोग र सद्भाव प्रदर्शन गरेकामा फ्रेन्च टोलीलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा समेत यस्ता अन्तर्राष्ट्रिय शैक्षिक आदान–प्रदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend